play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन, बिरामीलाई सास्ती

0

 

दाङ , भदौ १२ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यकर्मीहरुको राजीनामा र त्यसपछि उत्पन्न परिस्थितिले जटिल रुप लिएको छ । बिरामीको उपचार हुनुको साटो आन्दोलनको थलो बनेको छ प्रतिष्ठान ।

उपकुलपति डाक्टर संगीता भण्डारीको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि झन समस्या उत्पादन भएको हो । प्रतिष्ठान बचाऔँ अभियानको तर्फबाट थालिएको आन्दोलनको क्रममा प्रशासन कक्षमा तालाबन्दी भएकोमा बुधबार ताला प्रहरीले फोडेको छ । आन्दोलनको क्रममा प्रतिष्ठानका रजिस्टार रामप्रसाद प्याकुरेल माथि दुर्व्यहार भएको जनाइएको छ ।

त्यसको विरोधमा प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । प्रतिष्ठान गठन भएदेखिनै उपकुलपति भण्डारीको गतिविधिलाई लिएर आन्दोलन हुँदै आएको थियो । मनोमानी रुपमा कर्मचारी भर्ना गर्ने देखि लिएर प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुलाई अनावश्यक दवाव दिँदै आएको आरोप छ ।

प्रतिष्ठानमा कार्यरत २२ जना चिकित्सकले सामूहिक राजिनामा दिएपछि झन स्थिति बिग्रेको हो । ९ जना चिकित्सकलाई प्रतिष्ठानले निस्कासन गरेको छ । प्रतिष्ठानले भने विभिन्न नाममा भैरहेका आन्दोलनको तुक नरहेको र काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

Share.

Leave A Reply