play_circle_outline On Air

यगना हमार

play_circle_outline On Air

यगना हमार

गणपूरक संख्या नपुगेर राज्य व्यवस्था समितिको बैठक स्थगित

0

भदौ,१० ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको आज बोलाइएको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बैठक कोरम नपुगेर स्थगित भएको हो । मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा धेरै सांसदहरु आएनन् । आएका केही सांसदहरु पनि बैठक बस्ने सम्भावना नदेखेर फर्किएका थिए । बैठक स्थगित गरेपछि उपसमितिको प्रतिवेदन पनि पेश हुन हुन सकेन । उपसमिति संयोजक विजय सुब्बाले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पहिले रहेका विवाद अझै यथावत रहेको बताए । ‘वैवाहिक अंगीकृतबारे जुन विवाद थियो । त्यसमा सहमति जुटेको छैन । जस्ताको तस्तै समितिमा बुझाउनेछौं ’ उनले भने । नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको सवालमा नेपाली बुहारी र ज्वाईंमा समान व्यवस्था लागू गर्ने वा नगर्ने भन्ने विवाद छ ।

Share.

Leave A Reply