play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स पूर्णतः सुरक्षित रहेको दाबी

0

भदौ,१० ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फ्रेन्समार्फत सहभागी भएको बारेमा अहिले दुईथरी विवाद भइरहेका छन्।

पहिलो बिरामी परेर उपचारका लागि विदेश गएका प्रधानमन्त्रीलाई ठूलै आपतकालीन बैठकजस्तो गरेर अनावश्यक देखाबटी तामझम गर्न खोजियो । र दोस्रो मन्त्रिपरिषद् बैठक जस्तो अत्यन्त संवेदनशील विषयमा भिडियो कन्फ्रेन्स गरेर गोपनीयताको सुरक्षा चुनौतीबारे कुनै ख्याल गरिएन ।

यी दुई विषय विवादको घेरामा तानिएका बेला प्रधानमन्त्रीको सचिवालयले भने भिडियो कन्फ्रेन्समार्फत भएको दोहोरो संवादमा कुनै सुरक्षा चुनौती नरहेको दाबी गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि सल्लाहकार अस्गर अलिले सामाजिक सञ्जालमार्फत यसबारे प्रष्ट पार्दै कुनै गोप्य सूचनाको चुहावट हुने गरी आफूहरुले काम नगरेको दाबी गरेका छन् ।

उनले यो भिडियो कन्फ्रेन्सलाई सामान्य सामाजिक सञ्जालको प्रयोग गरिएको भन्ने नठान्न आग्रह पनि गरेका छन् । उनले सामान्य सुरक्षा कवचमा बसेर मन्त्रिपरिषद् जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आँट गर्न नसक्ने बताएका छन् ।

उनले भिडियो कन्फ्रेन्समा प्रयोग गरिएको प्रविधिको पूर्ण जानकारी सुरक्षाका कारण दिन नमिल्ने पनि बताएका छन् ।

Share.

Leave A Reply