play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

सुनको भाउ ९ सय रुपैयाँले घट्यो

0

भदौ,१० ।
सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १३ डलरले घटेको छ । हिजो प्रति औँस १५ सय ४२ डलरमा कारोबार भएको सुन आजप्रति औँस १५ सय २९ डलरमा झरेपछि नेपाली बजारमा पनि थोरै भाउ घटेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply