play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

वीरगञ्जमा छतबाट लडेर भारतीय कामदारको मृत्यु

0

वीरगञ्ज,भदौ,१० ।
छतबाट लडेर वीरगञ्जमा एक भारतीय कामदारको मृत्यु भएको छ । भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलमको काम गर्ने क्रममा छतबाट लडेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, दुर्गा पल्पस फ्याक्ट्रिमा डकर्मीको काम गर्ने क्रममा आलम सोमबार अपराह्न २ तले भवनबाट लडेका थिए । घाइते उनलाई उपचारका लागि गण्डक अस्पताल वीरगञ्ज लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Share.

Leave A Reply