play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

नेकपामा पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध

0

भदौ,९ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति ४४५ सदस्यीय पुगेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले विभिन्न पार्टी परित्याग गरी केही समयअघि नेकपामा प्रवेश गरेका चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय सदस्यको संख्या बढेको हो । केन्द्रीय सदस्य हुनेहरुमा किरण राई, कल्पना धमला, पदम राई र देवेन्द्र पराजुली रहेका छन् । पराजुली र धमला नयाँ शक्तिमा हुनुहुन्थ्यो भने किरण राई र पदम राई भने नेकपा विप्लव छाडेर नेकपामा प्रवेश गर्नु भएको हो । पार्टीको विधानअनुसार ४४१ सदस्यीय केन्द्रीय सदस्य रहेकोमा १० प्रतिशत थप गर्ने व्यवस्था अनुसार सोमबारको बैठकले ४ जना केन्द्रीय सदस्यमा मनोनित गरेको हो । पार्टी एकीकरणपछि पहिलो पटक प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । यस्तै बैठकले जिल्लाका इन्चार्ज र सह इन्चार्ज तथा विभागरजनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी पनि हेरफेर गरेको छ । बैठकले अबदेखि पार्टीसँग सम्बन्धित असन्तुष्टि पार्टी कमिटी भित्रै राख्नु पर्ने र जथाभावी बोल्दै नहिँड्न पनि निर्देशन दिएको छ । आफ्ना असन्तुष्टि पार्टी कमिटीभित्रै राख्ने र जथाभावी बोल्दै हिँडे स्पष्टीकरण सोध्नेदेखि कारबाहीसम्म गरिने निर्णय गरेको छ ।

Share.

Leave A Reply