play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भरतपुरमा स्कुटरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

0

चितवन, भदौ ९ ।
चितवनको भरतपुर महानगरपालिका–४ शिवघाटमा गएराति स्कुटरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ जगतपुरका ४० वर्षीय सुर्यबन्धु खनाल क्षेत्री छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो । गएराति साढे ९ बजे ना ६० प ३७३५ नम्बरको मोटरसाइकल ना ५५ प ३५६८ नम्बरको स्कुटरमा ठोक्किएर पल्टिएको थियो । दुर्घटनामा स्कुटर चालक भने सकुशल रहेका छन् ।

Share.

Leave A Reply