play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पुडासैनी आत्महत्या प्रकरण ः अस्मिता कार्कीको बयान सकियो, रवि लामिछाने र युवराज कँडेलको बयान भोलि

0

चितवन, भदौ, ८ । पत्रकार सालिकराम मत्यु प्रकरणमा अस्मिता कार्कीको बयान सकिएको छ । रवि लामिछाने र युवराज कँडेलको बयान भोलि हुने भएको छ । सरकारी वकिलको कार्यालयले आत्महत्या गर्न बाध्य पारिएको अभियोग पत्र चितवन जिल्ला अदातलमा दर्ता गराएपछि आरोपीको बयान लिन सुरु भएको हो । अदातल स्रोतका अनुसार अहिले पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता भनिने नर्स रुकु कार्कीको लिखित बयान लिने काम सकिएको जनाएको छ । अस्मिताको बयान आज सकिएकाले भोली युवराज कँडेल र रवि लामिछानेको बयान लिइने बताइएको छ । एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिने हो । बयान सकिएपछि बहस हुनेछ । उनीहरू तीनै जनालाई प्रहरीले आज बिहान १० बजेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन मिसिलसहित पेस गरेको थियो । बहसपछि मात्रै रिहा गर्ने वा कारागार चलान गर्ने आदेश अदालतले दिनेछ । मृत्यु प्रकरणका आरोपी रवि, युवराज र अस्मितालाई गएको साउन ३० गते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइ प्रहरी हिरासतमा राखिएको छ । पुडासैनी साउन २० गत्ते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
यसैबिच, सञ्चारकर्मी रबि लामिछानेलाई पक्राउ गरिएको विरोधमा चितवनमा उनका समर्थकहरुले आज पनि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले लामिछाने निर्दोष रहेको र उनलाई फसाउन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणसँग जोडिएको भन्दै विरोध जनाएका छन् । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवन अगाडी र चौबिसकोठीमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सयौं सर्वसाधारण भेला भएका छन् । चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ प्रदर्शन गरिरहेका छन् । आज अरु दिन भन्दा ठूलो संख्यामा समर्थकहरु प्रदर्शनमा उत्रेका छन् ।

Share.

Leave A Reply