play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रबि लामिछानेको समर्थनमा चितवनमा प्रदर्शन (फोटो सहित)

0

चितवन, भदौ, ८ ।

सञ्चारकर्मी रबि लामिछानेलाई पक्राउ गरिएको विरोधमा चितवनमा उनका समर्थकहरुले आज पनि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले लामिछाने निर्दोष रहेको र उनलाई फसाउन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणसँग जोडिएको भन्दै विरोध जनाएका छन् । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवन अगाडी र चौबिसकोठीमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सयौं सर्वसाधारण भेला भएका छन् । चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ प्रदर्शन गरिरहेका छन् । आज अरु दिन भन्दा ठूलो संख्यामा समर्थकहरु प्रदर्शनमा उत्रेका छन् ।

Share.

Leave A Reply