play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

0

चितवन,भदौं ८ ।
बर्दियामा बाघको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ । बिहीबार गेरुवा गाउँपालिकामा एकजना र आज बिहान ठाकुरबाबा नगरपालिकास्थित भुरीगाउँमा थप एकजना गरी दुईजनाको बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान बाघको आक्रमणमा परी मृत्यु हुनेमा ७० वर्षीय पहरीया थारु रहेका छन् । बंगुरलाई दाना खुवाउन जाने क्रममा बाघले आक्रमण गर्दा उनको मुत्यु भएको हो । यसअघि गत बिहीबार पाटे बाघले आक्रमण गर्दा गेरुवा गाउँपालिका वार्ड नम्बर ४ दंगपुरकी ५६ वर्षीया रामकली शाहीको मृत्यु भएको थियो ।

Share.

Leave A Reply