play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

ब्राजिलको अमेजन जंगलमा लागेको डढेलो संकटमा

0

भदौं, ८ ।
ब्राजिलको अमेजन रेनफरेस्टमा अत्याधिक मात्रामा डढेलो लागि रहेको छ । अन्तराष्ट्रिय दबाबपछि राष्ट्रपति जायर बाल्सोनारोले डढेलो नियन्त्रणमा लिनका लागि सेना परिचालन गर्ने घोषणा गरेका छन् । तर अघिल्लो वर्षको तुलनामा आगलागी अत्याधिक भएको अमेजन रेनफरेस्टको संकट समाधान चाँडै होला जस्तो देखिएको छैन । वातावरण संरक्षणको सट्टा विकासलाई प्राथमिकता दिएका राष्ट्रपति बोल्सोनारो सत्तामा आएपछि वातावरणीय अपराधमा जरिवानाका दर कम भएको देखिएको छ । जबकि डढेलोको दर झण्डै ८५ प्रतिशतले बढेको छ । वातावरणीय अपराधमा जरिवानाको दर जनवरीदेखि अगष्ट २३ सम्म गत वर्षको सोही अवधिको तुलना गर्दा झण्डै एक तिहाईले कमी आएको देखिएको बिबिसीले जनाएको छ । तर सोही अवधिमा डढेलोको दर भने झण्डै ८५ प्रतिशतले बढेको छ ।

Share.

Leave A Reply