play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

भारतबाट खसीबोका नआए पनि चितवनमा अब मासुको मुल्य बढ्दैन अध्यक्ष – तिमल्सिना

0

चितवन, भदौ, ७ ।

नेपालमा उत्पादन हुने खसी बोकाले नेपाली मासु बजार नधान्ने व्यवसायीहरुले बताउदै आएका छन् । नेपालमा अहिले भारत बाट खसीबोका आयात शून्यजस्तै छ । त्यसको प्रभाव नेपाली मासु बजारमा देखिएको छ । चैत पहिलो साताबाट प्रतिकेजी १ सय देखि १ सय ५० सम्म मासुमा मूल्यवृद्धि भएको छ । चितवनमा खसीको मासु नौ सय रुपैयाँ प्रतिकेजी छ भने पोखरामा १ हजार २ सय ५० र काठमाडौंमा १ हजार ३ सय रुपैयाँ छ । खसीबोका मासु व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष उद्धव तिमल्सिनाका अनुसार फागुनको अन्तिम सातादेखि चितवनमा भारतका खसीबोका भित्रिएका छैनन । तर पनि दशै, तिहार लगायतका बढि मासु खपत हुने चार्ड पर्वमा समेत चितवनको बजारमा मासु अभाव नहुने उहाँले बताउनु हुन्छ । हरेक शनिवार विहान ७ः ३० मा सिनर्जी एफएम बाट प्रसारण हुने कार्यक्रम संवादमा कार्यक्रम प्रस्तोता विवेक पोख्रेल संग कुराकानी गदै स्वदेशमा भएका खसीबोकाले नेपाली बजार धान्ने अवस्था नरहेको भए पनि उहाँले चितवन मासुको समस्या हुन नदिने बताउनु भएको छ । उहाँले आफुहरुले बाख्रापान गर्ने कृषकहरु संग समन्वय र सम्पर्क बढाएको कारण चार्डपर्वमा मासु अभाव नहुने बताउनु भयो । भारत बाट खसीबोक नभित्र्यि पनि चितवनको बजारमा मासु अभाव हुन नदिन आफुहरु केन्द्री रहेको उहाँले बताउनु भयो । संगै अध्यक्ष तिमल्सिनाले चार्डपर्वको अवसमा नै भनेर मासुको मुल्य नबढ्ने समेत बताउनु भएको छ । मासु बढि खपत हुने समय भन्दैमा मुल्य बढ्ने हैन । लागतको अनु्पातमा मुल्य बढ्ने हो । बजारको यहि अवस्था रहेमा मासुको मुल्य बढ्दैन र संघले मुल्य बढाउन पछ पनि भन्ने छैन ।

भारतबाट आयत हुने खसीबोकाको व्यापारीले क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्न नसकेपछि अहिले भारतबाट नेपालमा खसीबोका आएका छैन्न् । ‘सिमानामा खसीबोकाको स्वास्थ्य परीक्षण हुँदैन, भारतका मुख्य–मुख्य सहरमा मात्र त्यस्तो प्रविधि छ । जहाँ खसीबोका नै लिएर जानुपर्छ, समय धेरै लाग्छ, जसले गर्दा ढुवानी खर्च बढ्छ भने ढुवानी गर्दासमेत खसीबोका मर्ने डर हुन्छ,’ तिमल्सिनाले भन्नु भयो, ‘यसरी बिमा शुल्क, क्वारेन्टाइन गर्दा लाग्ने शुल्कको कारणले पनि अहिले सहज रूपमा खसीबोका ल्याउन सकिने अवस्था छैन ।’ काठमाडौंपछि सबैभन्दा बढी मासु खपत हुने जिल्ला चितवनलाई मानिन्छ । चितवनमा चार्डपर्वबाहेक मासिक ७ देखि ८ हजार केजीसम्म मासु खपत हुन्छ । दैनिक पाँच सयभन्दा बढी खसी–बोकाको माग रहेको छ । आयात रोकिएपछि अहिले मासु व्यवसायीहरूले गाउँ पुगेर खसीबोका ल्याउने गरेका छन । किसानले भारतबाट खसी नआउने भएपछि मूल्य बढाएर खसीको मूल्य तोक्न थालेको व्यवसायीको भनाइ छ । ‘तौल हेरेर ३८० देखि ४५० रुपैयाँसम्म खरिद गर्ने गरेको खसीको मूल्य अहिले ४७५ देखि ६०० सयसम्म तिर्नुपरेको तिमल्सिना बताउनु हुन्छ

Share.

Leave A Reply