play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुन्छ-पर्यटन मन्त्री भट्टराई

0

भदौ, ७ ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने बताएका छन् । जिल्ला समन्वय समिति पांचथरको तेस्रो जिल्ला सभालाई आज फिदिममा सम्बोधन गर्दै उनले केही वर्षमै दोहोरो अंकको आर्थिक वृद्धिदर कायम गर्ने गरी सरकारले काम गर्ने लक्ष्य लिएकाले मुलुकमा विकास र समृद्धिले फड्को मार्ने दाबी गरे । मन्त्री भट्टराईले गत वर्ष संविधान कार्यान्वयको आधार वर्ष भएको र अबको वर्ष विकास र समृद्धिको वर्ष भएको धारणा राखे । राजनीतिक दलको प्रतिस्पर्धा विकास र समृद्धिमा हुनुपर्ने भन्दै उनले सडकमा नारा लगाउने, चक्काजाम गर्ने लगायतका काम समाप्त हुनुपर्ने बताए ।

Share.

Leave A Reply