ब्राजिलको अमेजन जंगलमा भएको आगलागी नियन्त्रणका लागि सेना परिचालन

0

भदौ, ७ ।
ब्राजिलको अमेजन जंगलमा भएको आगलागी नियन्त्रणमा आउन नसकेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गर्न आदेश दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । युरोपियन युनियनको दवावका कारण राष्ट्रपति र बोलसोनारोले आगो नियन्त्रणका लागि सेना परिचालन गरेको बीबीसीले जनाएको छ । यसअघि अमेजन जंगलमा लागेको आगो नियन्त्रण नभएसम्म फ्रान्स र आयरल्याण्डले ब्राजिलसँगको व्यापारीक सम्बन्ध तोड्ने सचेतावनीसमेत दिएका थिए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलका राष्ट्रपतिले जलवायू परिवर्तनबारे आफूसँग झुट बोलेको प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ ।

Share.

Leave A Reply