play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि उज्वेकिस्तान र किर्गिस्तान भिड्दै

0

भदौ ७ ।
एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रीतयोगिताको उपाधि छिनोफानो आज हुदैछ । नेपालमा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि भिडन्तमा दक्षिण एसियाली क्षेत्र बाहिरका दुई राष्ट्र भिड्नेछन् । उपाधिमा उज्वेकिस्तान र किर्गिस्तानले दाबेदारिता प्रस्तुत गर्नेछन् । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने फाईनल दिउँसो २ बजे सुरु हुनेछ । माल्दिभ्सलाई हराउँदै उज्वेकिस्तान फाईनल पुगेको हो भने किर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै पाँचौ भएको थियो । अर्को खेलमा तुर्कमेनिस्तानले माल्दिभ्सलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो ।

Share.

Leave A Reply