play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

हङकङमा २१० युट्यूब च्यानल बन्द

0

भदौ,६ ।
गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ । केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा दिने केही खाताहरुलाई बन्द गरेको थियो । भिडियो सर्च इञ्जिन युट्यूबले पनि त्यही कदमलाई निरन्तरता दिएको हो । यद्दपि ती कम्पनीहरुको विपरीत गुगलले त्यस्ता असक्षम खाताहरुको पछाडि चिनियाँ सरकारको हात रहेको भन्दै युट्यूब च्यानलहरु बन्द गरेको हो ।

Share.

Leave A Reply