play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिए

0

भदौ ६ ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले आज सामूहिक राजीनामा दिएका छन् । उपकुलपति प्रा. डा. संगीता भण्डारीले आफूहरुलाई विभिन्न बहानामा स्पस्टीकरण सोध्ने, बर्खास्त गर्ने धम्की दिनेलगायतका काम गरेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । उपकुलपतिकै कारण शारीरिक र मानसिकरुपमा विक्षिप्त भइ काम गर्न नसक्ने अवस्था आएकाले राजीनामा दिनुपरेको उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसबारेमा उपकुलपति भण्डारीलाई पटक–पटक जानकारी गराएको र काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दासमेत बेवास्ता गरिएको उनीहरुको आरोप छ । उनीहरुले उपकुलपतिलाई नै सम्बोधन गरेर सामूहिक राजीनामा दिएपछि प्रतिष्ठानको सम्पूर्ण सेवाहरु प्रभावित बनेका छन् ।

Share.

Leave A Reply