play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

पार्टीका नेताहरु अनुशासित छैनन्-प्रचण्ड

0

भदौ,६ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु अनुशासनमा नरहेको टिप्पणी गरेका छन् । पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको प्रचण्डले बताए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सचिवालय बैठकमा चर्काचर्की भएको भोलिपल्ट प्रचण्डले अनुशासनको विषय उठाएका हुन् । आज राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको बताए । ‘सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी’ उल्टिएर अहिले व्यक्तिगत निर्णय, जिम्मेवारी समूहले लिइदिनुपर्ने अवस्था उत्पन्न भएको उनले बताए । प्रचण्डले यसलाई सच्याउनुपर्नेमा जोड दिए । हिजो प्रधानमन्त्री ओली सिंगापुर जानुपूर्व बालुवाटारमा पार्टीको सचिवालय बैठक बसेको थियो । नेकपा अध्यक्ष प्रचण्डले नेपालमा पनि कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थालेको बताए । यसले पूर्वी युरोपमा जस्तो राजा महाराजाविरुद्ध लडेका जनताले नै लखेट्ने जस्तो अवस्था आउन सक्ने उनले बताए ।

Share.

Leave A Reply