play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

साफ यू १५ पुरुष फुटबलमा नेपाल र श्रीलंका प्रतिस्पर्धा गदै

0

भदौ,६ ।
भारतको कल्याणीमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा भारतसँग फराकिलो हार व्यहोरेको नेपालले कल्याणी रंगशालामा श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल दिउँसो सवाँ ३ बजे सुरु हुनेछ । श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । तर, नेपाल श्रीलंकाविरुद्ध त्यो हार बिर्साउने प्रयासमा हुनेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

Share.

Leave A Reply