play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

सेन्ट्रल जोन पुरुष भलिबलमा नेपाल र अफगानिस्तान भिड्दै

0

भदौ,६ ।
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पाँचौं स्थानका लागि नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाल र अफगानिस्तानबीचको खेल दिउसो ३ बजेपछि सुरु हुनेछ । जितविहीन बन्दै समूह चरणबाट बाहिरिएको नेपाल अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । प्रतियोगिता अघिको दुई मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो । समूह ’ए’ मा रहेको नेपालले समूह चरणमा किर्गीस्तान र माल्दिभ्ससँग ३–० को सोझो सेटमा हार व्यहोरेको थियो । यता, अफगानिस्तानले समूह चरणमा मात्र १ जित निकालेको थियो । यस्तै शुक्रबार नै तेस्रो स्थानका लागि माल्दिभ्स र तुर्कमेनिस्तानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनलमा भने शनिबार उज्वेकिस्तान र किर्गीस्तानबीच खेल हुनेछ ।

Share.

Leave A Reply