play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाईते

0

चितवन, भदौ ५ गते । चितवनमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ७ ख ५ नम्बरको ट्रकले विपरित दिशाबाट आउदैँ गएको प्रदेश ३– ०२००७ प १५८४ नम्बरको मोटरसाईकललाई बुधबार साँझ साँढेँ ६ बजेको समयमा ठक्कर दिदाँ मोटरसाईकलमा सवार दुई जना घाईते मध्ये चालक गोरखा सहिद लखनगाउँपालिका राईनाशका २६ बर्षिय राजकुमार चेपाङको मृत्यु भएको हो । उनको वि एण्ड बी हस्पिटल काठमाडौँमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो । घाईते चेपाङको चितवनमा उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको थियो । दुर्घटनामा परि मोटरसाईकलमा पछाडी सवारको भने उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply