play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भारतका पूर्वमन्त्री पी चिदम्बरम पक्राउ

0

एजेन्सी, भदौ ५ गते । भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले बुधबार साँझ भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरेको हो । सीबीआईले ७३ वर्षीय चिदम्बरममाथि संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) को सरकारमा अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन् २००८ मा गरिएको अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप लगाएको छ । सीबीआईले उनलाई दिल्लीको जोरबागस्थित निवासबाट पक्राउ गरेको हो । पक्राउ गर्नका लागि चिदम्बरमको घर पुगेका सीबीआईका अधिकारीहरुले निकै कसरत गर्नु परेको थियो । निवासको मूलढोका नखोलिएपछि उनीहरु पछाडिको ढोकाबाट प्रवेश गरेका थिए । सीबीआईका केही अधिकारीहरु त पर्खाल नाघेरसमेत भित्र पसेका थिए । त्यसअघि चिदम्बरमले आफूमाथि सीबीआईले लगाएको आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न र पक्राउ नगर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए । तर, मंगबालर उच्च अदालतले उनको माग अस्वीकार गरेको थियो । त्यसपछि सीबीआई र प्रवर्तक निर्देशनालयको टोलीले चिदम्बरमलाई पक्राउ गर्न खोजी शुरु गरेको थियो । त्यसका लागि मंगलबार दुई पटकसम्म उक्त टोली उनको निवास पुगेको थियो । तर, उनलाई फेला पार्न सकेको थिएन ।

Share.

Leave A Reply