प्रधानमन्त्री ओली आज सिंगापुर जाने

0

काठमाण्डौं, भदौ ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज (बिहीबार) सिंगापुर जाँदै छन् । दिउँसो साढे १ बजेको उडानबाट प्रधानमन्त्री सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपचारका लागि विदेश जाने भएकाले नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिहानलाई बोलाइएको छ । बिहान ८ बजेका लागि बोलाइएको बैठकमा बुधबार भएका छलफललाई निष्कर्षमा र्पुयाउने र पार्टी भित्र देखिएको सामान्य असहमझदारीलाई टुंग्याउने गरी छलफल हुने सचिवालयले जनाएको छ । बैठक सकेपछि प्रधानमन्त्री दिउँसो १ बजे विमानस्थलका लागि प्रस्थान गर्नेछन् ।

Share.

Leave A Reply