play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

रवि पत्नी निकिताको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाण्डौद्धारा अस्वीकार

0

भदौ, ४ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो किर्ते गरिएको भन्दै आएको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाण्डौले अस्वीकार गरेको छ ।

पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेल भिडियो किर्ते गरिएको भन्दै चितवन प्रहरीका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाण्डौ पुग्नु भएको थियो ।

तर परिसरले यो मुद्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको भन्दै जोहरी लिन नमानेको निकिताका वकिल राजेन्द्र सेढाईँले जानकारी दिनुभयो । यो घटना चितवन प्रहरीले हेरिरहेकाले काठमाण्डौ प्रहरीले हेर्न नमिल्ने भन्दै फर्काइदिएको उहाँले बताउनुभयो । अब उहाँले जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमार्फत मुद्धा अघि बढाउने पनि बताउनुभयो ।

Share.

Leave A Reply