play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

साफ यू–१५ पुरुष फुटबलमा नेपाल भारतसँग ५-० गोल पराजित

0

भदौ,४ ।
पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । भारतको कल्याणीमा बुधबार भएको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५-० गोल अन्तरले पराजित भएको हो । कल्याणी रंगशालामा भारतविरुद्ध खराब प्रदर्शन गरेको नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो । यस्तै दोस्रो हाफमा दुई गोल खाएको थियो । भारतको जितमा महेसनले दुई गोल गरे । यस्तै अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरे । उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपालले अब शुक्रबार श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले तेस्रो खेलमा अर्को मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

 

Share.

Leave A Reply