play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगे

0

भदौं,४ ।

नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि यहाँ आएका हुन् । नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो । दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् । संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ ।

Share.

Leave A Reply