play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेकपाले कांग्रेससँग छुट्टै छलफल गर्ने

0

भदौ, ४ ।
सरकारले संक्रमणकालिन न्यायको बिषयमा टुँगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छुट्टै छलफल गर्ने भएको छ । हिजो सर्वदलीय छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज कांग्रेससँग छुट्टै छलफल गर्न लागेका हुन । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई छलफलका लागि दिउँसो ४ बजे बालुवाटार बोलाएको उनका सहयोगी भानु देउवाले जानकारी दिए । यसै बिषयमा केहि दिन अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवाबीच पनि अनौपचारिक छलफल भएको थियो । ओलीले गत आइतबार संसदमा सम्बोधन गर्दै संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक हप्तामा लगाइसक्ने प्रतिवद्धता जनाएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्नेबारे नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल हुँदै आएपनि पदाधिकारी रिक्त रहेका छन ।

Share.

Leave A Reply