play_circle_outline On Air

देउराली

play_circle_outline On Air

देउराली

साफ यू १५ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल र भारत भिड्दै

0

भदौ,४ ।
पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भारतको सामना गर्दैछ । भारतको कल्याणीस्थित कल्याणी रंगशालामा नेपालले पहिलो खेलमा आयोजक राष्ट्रको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल अपरान्ह सवाँ १२ बजेपछि सुरु हुनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल पहिलो खेलमा बलियो टोली भारतलाई स्तब्ध बनाउने योजनामा रहेको छ । नेपालले हालसम्म यू १५ को उपाधि जित्न सकेको छैन । तर, पाँचौ संस्करणमा भने नेपाल उपाधि घर ल्याउने योजनामा रहेको छ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । भारतपछि नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ ।

Share.

Leave A Reply