play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

क्याथोलिक चर्चका वरिष्ठ पादरीले यौन दुव्र्यवहार गरेको ठहर, ६ बर्ष जेल सजाय

0

भदौ, ४ ।
क्याथोलिक चर्चका वरिष्ठ पादरी कार्डिनल जर्ज पेललाई अदालतले यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गरेको छ । अष्ट्रेलियाको अदालतले उनलाई यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गरेको हो । उनलाई गएको मार्चमा अदालतले दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय तोकेको थियो । त्यस विरुद्ध दिएको अपिलमा पनि अदालतले पेलको विपक्षमा निर्णय गरेको हो । पेलले आफूमाथि लगाइएका आरोप झुट भएको भन्दै आफ्नो सम्मान कायमै राख्न उच्च अदालतमा गरेको अपिलमा पनि दोषी ठहरिएका हुन् । उनले सन् १९९० को दशकमा अष्ट्रेलियाको मेलबर्नमा रहेको मुख्य गिर्जाघरमा दुई बालकमाथि यौन दुव्र्यवहार गरेकोमा अदालतले दोषी ठहर गरेको थियो । पेलले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

Share.

Leave A Reply