play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नवलपरासीको ज्यामिरेमा ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु

0

भदौ ४ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको आरजे ०५जिबी ४१६७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो । ट्रक आफैं अनियन्त्रित भएर सडकछेउ विद्युतको पोलमा ठोक्किएर सडकदेखि करीब २० मिटर तल खस्दा चालक भारत उत्तर प्रदेश जोगरा बस्ने ३५ वर्षीय सुल्ताङ सिंहको मृत्यु भएको हो । चालक सुल्ताङको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । दुर्घटनामा परेर घाइते भएका सहचालक ३१ वर्षीय जोगेन्द्र सिंहको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको उनले जानकारी दिए ।

Share.

Leave A Reply