play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

नेकपा सचिवालय बैठक फेरि स्थगित

0

भदौ, ३ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ। मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको हो।

पार्टीका विभागहरुको नेतृत्व सम्बन्धी विवाद लामो प्रयासबाट टुंग्याएको नेकपाले एकताका बाँकी प्रक्रियाबारे छलफल सुरु गर्न नसकेको हो। मंगलबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका थिए।

सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनमा रहँदै आएको विवाद समाधान गर्ने नेकपाको प्रयास छ। तर यसबारे छलफल नै नभई बैठक स्थगित हुँदै आएको छ।

नेकपाले अझै केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न बाँकी छ । यस्तै सम्पर्क समन्वय कमिटि, विशेष प्रदेश कमिटि, प्रवास संगठनको पनि एकता प्रक्रिया पूरा हुन बाँकी छ ।

Share.

Leave A Reply