play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

विपद व्यवस्थापनको दीर्घकालीन उपाय खोजिनु पर्छ – अध्यक्ष प्रचण्ड

0

भदौं,३ ।
प्राकृतिक विपदको दीर्घकालीन समाधानमा सरकारको ध्यान जान नसकेको पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । देशमा विभिन्न प्राकृति विपद आउँदा तत्कालीन राहत उद्धारको व्यवस्था मात्र सरकारले गर्ने गरेकोले समस्याको दीर्घकालीन समाधान खोज्नु आवश्यक रहेको बताए । आज जनकपुरधाममा विपद व्यवस्थापन समितिले आयोजना गरेको बैठकमा बोल्दै प्रचण्डले खास गरेर असार महिनाको अन्तिम तिर आएको वर्षा तथा बाढीको कारण प्रदेश २ मा सबैभन्दा बढी क्षति भएकाले यस क्षेत्रका प्रभावित व्यक्तिहरुको लागि विशेष प्याकेज लिएर प्रधानमन्त्री ओलीसँग चाँडै प्रदेश २ मा आउने बताए । प्रदेश २ को समृद्धि सँग देशको समृद्धि जोडिएकोले यस क्षेत्रमा आफूहरुको ध्यान केन्द्रित रहेको प्रचण्डले बताए । बाढी जस्ता विपदको मुख्य कारण चुरे बिनास रहेकाले यसको संरक्षणमा सबैलाई जुट्न उनले आग्रह गरे । केही महिना पहिले बारा–पर्सामा आएको टोर्नाडोका कारण घरबार बिहीन भएकाहरुका लागि ८०० वटा घर नेपाली सेनाले निर्माणको कार्य सम्पन्न गरेकोले अब चाँडै पीडितहरुलाई हस्तान्तरण गर्ने उनले बताए । देशभरि भ्रष्टचार मौलाएकाले यसलाई प्रभावकारी ढंगले अन्त गर्न सबैजना मिलेर यस समस्यालाई समाधान गर्न आग्रह गरे । वर्तमान सरकारसँग जनताको अपेक्षा रहेकोले अब समन्वयनको विकल्प नरहेको समेत प्रचण्डले बताए ।

Share.

Leave A Reply