नवलपरासी,भदौ,३ ।
नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान बसले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बसको ठक्करबाट अर्का एकजना घाइते भएका छन् । मध्यबिन्दु नगरपालिका –७, चोरमारामा काठमाण्डौबाट महेन्द्र नगरका लागि छुटेको ना ५ ख ४८६ नम्बरको बसले साइकलयात्री भारत मोतीहारी घर भई मध्यबिन्दु नगरपालिका –७, चोरमारामा प्लाष्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहबिर आलमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । बसको ठक्करबाट घाइते भएका उहाँको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । बसले ठक्कर दिँदा ना ४५ प २१०७ नम्बरको मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका –७, बस्ने भानुभक्त पंगेनी घाइते हुनुभएको छ ।
नवलपरासीमा बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
0
Share.