play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

एभिसी सेन्ट्रल जोन भलिबलमा आज तीन खेल हुदै

0

भदौ,३ ।
एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुदैछ । ललितपुरको लगनस्थित आर्मी क्लबको कभर्डहलमा समुह बी अन्तर्गत दुई र समुह ए अन्तर्गत एक खेल हुदैछ । पहिलो खेलमा दिउँसो ३ बजे बंगलादेशले अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको पहिलो खेलमा पराजत भोगेका दुवै टोलीलाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नैपर्ने दबाब छ । पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तान र उज्वेकिस्तानले बंगलादेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेका थिए । दोस्रो खेलमा अपरान्ह ५ बजे तुर्कमेनिस्तानले उज्वेकिस्तान भिड्नेछन् । अघिल्लो चरण प्रवेशको सम्भावना सहित दुवै टोली मैदान उत्रन लागेका हुन् । दुवै टिमले पहिलो खेलमा जित निकालेको थिए । दिनको तेस्रो तथा अन्तिम खेलमा कीर्गिस्तानले माल्दिभ्ससंग खेल्नेछन् । साँझ ७ बजे सूरु हुने खेलले समुह एको सेमिफाईनल समिकरणको बिषयमा बोल्नेछ । कीर्गिस्तान लगातार दोस्रो जित निकाल्दै सेमिफाईनल पुग्ने लक्ष्यमा हुनेछ ।

Share.

Leave A Reply