play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

ईङलिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र उल्भ्स बराबरीमा

0

भदौ ३ ।
ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल्दै अंक बाँडेको छ । गए राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो । पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टी खेर फालेको खेलमा युनाईटेड जित निकाल्न असफल रह्यो । खेलमा अग्रता पाहुना टोली युुनाईटेडले खेलको २७ औ मिनेटमा लिएको थियो । एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । रुवेन निभेसले ५५ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । सिजनको दोस्रो खेलमा युनाईटेडले अंक बाँड्न परेको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । उल्भ्सको यो दोस्रो बराबरी हो ।

Share.

Leave A Reply