play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अरूणखोलाको डाइभर्सन बगेपछि अवरुद्ध भएको राजमार्ग सुचारु हुन अझै केही समय लाग्ने

0

चितवन, भदौअरूणखोलाको डाइभर्सन बगेपछि अवरुद्ध भएको राजमार्ग सुचारु हुन अझै केही समय लाग्ने
चितवन, भदौ २ गते । नवलपुर नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका स्थित अरुण खोलाको डाइभर्सन बगेपछि अवरुद्ध भएको पूर्व(पश्चिम राजमार्ग अझै खुल्न सकेको छैन । केही दिनअघि बाढीले पुल भत्किएपछि डाइभर्सन गरी सवारी सञ्चालनमा ल्याइए पनि आइतबार साँझ आएको बाढीले पुनः डाइभर्सन बगाएको थियो । राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम जाने सयौं यात्रु आइतबार साँझदेखि अरुणखोला बजारमै अलपत्र परेका हाम्रा सहकर्मी विवेक पोखरेलले जानकारी दिनुभएको छ ।
डाइभर्सनबाटै सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि निरन्तर परेको पानीका कारण खोलाको बाढी नघटेकोले सम्भव नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन पोखरेले जानकारी दिनुभयो ।
खोलामा पानीको सतह घटे आज साँझसम्मै सवारी साधन सञ्चालन गर्न सकिने एसपी पोखरेलले बताए । तर, माथिल्लो क्षेत्रमा पानी परिरहेकोले पानीको सतह घट्ने सम्भावना न्युन रहेको उहाँले बताउनुभयो ।
२ गते । नवलपुर नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका स्थित अरुण खोलाको डाइभर्सन बगेपछि अवरुद्ध भएको पूर्व(पश्चिम राजमार्ग अझै खुल्न सकेको छैन । केही दिनअघि बाढीले पुल भत्किएपछि डाइभर्सन गरी सवारी सञ्चालनमा ल्याइए पनि आइतबार साँझ आएको बाढीले पुनः डाइभर्सन बगाएको थियो । राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम जाने सयौं यात्रु आइतबार साँझदेखि अरुणखोला बजारमै अलपत्र परेका हाम्रा सहकर्मी विवेक पोखरेलले जानकारी दिनुभएको छ ।
डाइभर्सनबाटै सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि निरन्तर परेको पानीका कारण खोलाको बाढी नघटेकोले सम्भव नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन पोखरेले जानकारी दिनुभयो ।
खोलामा पानीको सतह घटे आज साँझसम्मै सवारी साधन सञ्चालन गर्न सकिने एसपी पोखरेलले बताए । तर, माथिल्लो क्षेत्रमा पानी परिरहेकोले पानीको सतह घट्ने सम्भावना न्युन रहेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply