भदौ २ ।
रुसका डानिल मेडभेदेबले सिनसिनाटी मास्टर्स टेनिसको उपाधि जितेका छन् । आज बिहान भएको फाइनलमा बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै मेडभेदेबले उपाधि जितेका हुन् । नवौं वरियताका मेडभेदेबले दशौँ वरियताका गोफिनलाई ७–६ (७–३) र ६–४ को सेटमा पराजित गरे । यसअघि सेमिफाइनलमा मेडभेदेबले विश्व नम्बर एक नोभाक जोकोभिकलाई हराएका थिए । महिलातर्फको उपाधि अमेरिकन म्याडिसन किजले जितिन् । फाइनलमा किजले स्भेट्लिना कुट्नेट्सोभालाई ७–५ र ७–६ (७–५) को सेटमा पाखा लगाईन् ।
सिनसिनाटी मास्टर्स टेनिसको उपाधि मेडभेदेब र किजलाई
0
Share.