जनकपुरधाम, भदौं १ गते । धनुषामा दालमोट फ्याकट्रीमा आगलागी हुँदा करिब ८० लाख बराबरको क्षति भएको छ।
शनिवार साँझ करिब ७ बजेको समयमा महोत्तरीको अजित कुमार झाले धनुषाको मिथिला नगरपालिका वडा नं। १ स्थित सञ्चालन गरेको दालमोट फ्याक्ट्रिमा आगलागी हुँदा ८० लाख बराबरको सरसमान जलेर नष्ट भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
दालमोट फ्याक्ट्रिमा अचान आागो लाग्दा लाखौ मुख्लय बराबरको सरसमान नोक्सान भएपनि के कारणले आगो लाग्यो भन्ने सम्बन्धमा अहिलेसम्म कुनै जानकारी नरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।
दालमोठ फैक्ट्री स्थानीय कुशेश्वर ठाकुरको घरमा संचालन गरिएको थियो।