play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

इन्ग्लिश प्रिमियर लिगमा म्यानचेस्टर र टोटेनहम २–२ गोलको बराबरीमा

0

भर्दौ, १ ।
इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा सिटी टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । टोटेनहमका एरिक लामेला र लुकास मौराले एक एक गोल गरे । इतिहाद स्टेडियममा खेलको २० औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा लामेलाले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काए । खेलको ३५ औं मिनेटमा अग्युरोले गोल गर्दै पहिलो हाफमा सिटीलाई २–१ को अग्रता दिलाए । तर, ५६ औं मिनेटमा टोटेनहमका मौराले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । यो बराबरीसँगै सिटीले २ खेलबाट ४ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा रहेको छ । टोटेनहमको पनि २ खेलबाट ४ अंक रहेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ ।

Share.

Leave A Reply