play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

काबुलमा विवाह समारोहमा आत्मघाती बम बिस्फोट, २० जना घाइते

0

भदौं, १ ।
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम बिस्फोट गराइएको छ । विवाह समारोहमा लक्षित गरी भएको बिस्फोटमा परेर कैयौं मानिस घाइते भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घाइतेमध्ये २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । बिस्फोटको कसैले पनि जिम्मा नलिएको बिबिसीले उल्लेख गरेको छ । प्रत्यक्षदर्शीका अनुसार विवाहको समारोहमा उपस्थित पाहुनालाई लक्षित गरी बम बिस्फोट गराइएको थियो । पछिल्ला दिनमा अफगानिस्तानमा निरन्तर बम बिस्फोटका घटनाहरु भइरहेका छन् ।

Share.

Leave A Reply