play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेकपा सचिवालय बैठक भोली सम्मका लागि स्थगित

0

साउन ३२ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले भोली अपराह्न ४ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जानकारी दिए । आजको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन गर्ने एजेन्डा थियो । यसअघि, शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका महत्वपूर्ण ३२ विभागको नेतृत्व चयन गरेको थियो । ३२ विभागमध्ये १८ मा पूर्वएमाले र १४ विभागमा पूर्वमाओवादी केन्द्रका नेताहरुले जिम्मेवारी पाएका छन् । यस्तै, बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो । यसैबीच, पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा आज बिहान भएको भेटवार्तामा नेता झलनाथ खनालले पार्टी्भित्र वरीयताको विषयमा राखेको लिखित प्रस्ताव र पार्टीका आन्तरिक विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

Share.

Leave A Reply