पर्सा,साउन, ३२ ।
पर्साको कालिकामाई–५ मा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ३५ वर्षीया संगीतादेवी कुर्मीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण राउत कुर्मीको खाजी भइरहेको छ । नारायणले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
सामान्य विवादमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
0
Share.