play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेकपाले टुंग्यायो ३३ ओटै विभागको जिम्मेवारी, स्कुल विभाग ईश्वर पोखरेललाई, नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग

0

साउन ३१ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा मुख्य नेताहरुले नै विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश, झलनाथ खनाललाई नीति, अध्ययन प्रतिष्ठान, वामदेव गौतमलाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको हो । लामो समयदेखि विवादित बनेको स्कुल विभागको प्रमुख ईश्वर पोखरेललाई बनाइएको छ । प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अर्थ तथा योजनामा सुरेन्द्र पाण्डे विभागीय प्रमुख बनेका छन् । शुक्रबार बसेको बैठकले ३३ ओटै विभागीय प्रमुखको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले सातै प्रदेशमा दुईरदुईजना सहइन्चार्ज पनि थप गरेको छ ।

Share.

Leave A Reply