play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

नेकपा प्रदेश ५ का प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

0

साउन, ३१ ।
सत्तारूढ दल नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ । रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

सचेतक ढकाल सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ । सचेतक ढकाल चार दिनदेखि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

‘म काठमाडौँ गम्भीर बिरामी भएर उपचार गर्दैछु । राति २ बजेतिर बम प्रहार भएको जानकारी पाएँ । मलाई घरमै छ भनेर बम हानिएको होला,’ उनले भने ।

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरीक्षक रवि मैनालीले प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

Share.

Leave A Reply