play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

वुल्भ्स युरोपा लिग फुटबलको प्ले अफमा प्रवेश

0

साउन, ३१ ।
इन्ग्लिश प्रिमियर लिग क्लब वुल्भ्स युरोपा लिग फुटबलको प्ले अफमा प्रवेश गरेको छ । गए राति भएको युरोपा लिग छनोटको तेस्रो चरण अन्तर्गत दोस्रो लेगमा अर्मे्नियाको क्लब प्युनिकलाई ४–० ले पराजित गर्दै समग्रमा ८–० को जितसहित वुल्भ्स प्ले अफमा पुगेको हो । वुल्भ्सलाई जित दिलाउन पेट्रो नेटो, मोर्गन गिब्स,रुबेन भिनाग्रे र डिगो जोटाले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको वुल्भ्सले दोस्रो हाफमा ४ गोल गरेको थियो । अब वुल्भ्सले प्ले अफमा इटालियन क्लब टोरीनोसँग खेल्नेछ । टोरीनोले श्याक्तोरलाई समग्रमा ६–१ गोल अन्तरले हराएर प्ले अफमा स्थान पक्का गरेको हो । वुल्भ्स र टोरीनोबीचको पहिलो लेग अगष्ट २२ र दोस्रो लेग अगष्ट २९ मा हुनेछ ।

Share.

Leave A Reply