प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

0

साउन,३१ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । हिजो ज्वरो आए पनि आजदेखि स्वास्थ्य सामान्य भएको र नियमित काममा फर्कने तयारी रहेको सचिवालयले जनाएको हो । प्रधानमन्त्री बाहिर हल्ला चलेजस्तो बिरामी नभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँ बिरामी भएपछि हिजो बस्न नसकेको नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । पार्टीका विभाग र जिम्मेवारीबारे निर्णय गर्न सचिवालयको बैठक बोलाइए पनि विभिन्न कारण बैठक सर्दै आएको छ । सचिवालयको बैठक यसअघि साउन १३ गते बसेको थियो ।

Share.

Leave A Reply