play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

हेटौँडामा बस दुर्घटना,एकको मृत्यु, १५ जना घाइते

0

मकवानपुर,साउन,३१ ।
हेटौँडा उपमहानगरपालिका– १९ नेवार पानीमा बस बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । आज बिहान झण्डै साढे २ बजे काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । दुर्घटनामा ज्यान गुमाउने सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका– ५ का ५८ वर्षीय मुकेश शर्मा रहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । घाइते १५ जनामध्ये ८ जना हेटौँडाको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको, चार जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको र अन्य तीन जनाको चुरेहिल अस्पतालमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply