साउन ३०, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् ।पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार रहेको चेतावनी दिएका हुन् ।उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्नको लागि तयारी अवस्थामा रहेको जिकिर गरे ।प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै तपाईको इँटको जवाफ पत्थरले दिन्छौं भने ।
मोदीले संविधानको धारा ३ सय ७० खारेज गरेर आफ्नो अन्तिम कार्ड खेलेको उनको भनाइ छ ।प्रधानमन्त्री खानले भारतले अन्तिम उपाय प्रयोग गरेकाले कश्मीर अब स्वतन्त्रताको दिशााम जाने दाबी गरे ।उनले आफ्नो भाषणमा कयौं पटक राष्ट्रिय स्वयंसेवक संघको नाम उच्चारण गर्र्दै भारतमा आज जे भइरहेको छ त्यो आरएसएसको विचारधाराको कारण भइरहेको जिकिर गरे । आरएसएसको विचारधारा हिटलरको नाजी पार्टीको समान रहेको प्रधानमन्त्री खानको आरोप थियो ।
भारतसँग युद्धका लागि तयार छौं : पाकिस्तानी प्रधानमन्त्री
0
Share.