साउन, २९ ।
स्कुल विभागसहित जनवर्गिय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि अन्ततः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ । पार्टी्भित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक भोलीका लागि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर हिजो पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुबीच गरेको छलफलमा जनवर्गीय संगठनको नेतृत्वलाई लिएर व्यापक विवाद भएको र त्यो टुगिंन नसकेपछि बैठक स्थगित गर्नु परेको सचिवालयका एक सदस्यले बताएका छन । स्कुल विभागको नेतृत्व पूर्व एमालेका ईश्वर पोखरेल या पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ मध्ये कसलाई दिने भन्ने विवाद कायमै रहेका बेला जनवर्गीय संगठनको नेतृत्व छान्न पूर्व एमालेलाई हम्मेहम्मे परेको ती सदस्यको दाबी छ । यस्तै आज बिहान ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएपछि थप गृहकार्य गर्ने भन्दै भोलिसम्म लागि स्थगित भएको सूचना जारी गरिएको हो । सचिवालय बैठक आज तीन बजेका लागि डाकिएकोे थियो । नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन ।
आजका लागि डाकिएको नेकपा सचिवालय बैठक पुनः स्थगित
0
Share.