साउन २७, २०७६
झापाको बिर्तामोड नगरपालिकाको वडानम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको छ ।
बिहान ४ बजेर २८ मिनेटमा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिस्फोटका कारण कार्यालयको भवन कम्प्युटर र कागजातमा नोक्सानी पुगेको छ ।बिस्फोट कसले र किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । अहिले झापामा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फाेट
0
Share.